दफा १४
बोर्ड स्वशासित संस्था हुने
(१) बोर्ड एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था हुनेछ ।
(२) बोर्डको काम कारबाहीको लागि एउटा छुट्टै छाप हुनेछ ।
(३) बोर्डले आफ्नो नामबाट नालिस उजूर गर्न र बोर्ड उपर पनि सोही नाममा नालिस उजूर लाग्न सक्नेछ ।
(४) बोर्डले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न तथा अन्य किसिमले उपयोग गर्न सक्नेछ ।
(५) बोर्डको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकाभित्र रहनेछ र बोर्डले प्रदेशमा शाखा कार्यालय स्थापना गर्न सक्नेछ ।